शनिबार, बैशाख ८, २०८१

लोकतन्त्रमाथि गरेको प्रहार विरुद्ध लोकतान्त्रिक वाम गठबन्धन : महामन्त्री थापा

 काठमाडौं मंसिर १ ,

लोकतान्त्रिक वाम गठबन्धन आज काठमाडौ निर्वाचन क्षेत्र नं ५ को चक्रपथमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई तिहाइ बहुमत प्राप्त गरेको केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले दुई पटकसम्म संसद विघटन गरेर मुलुकको संविधान संगै लोकतन्त्रमाथि गरेको प्रहार विरुद्ध लोकतान्त्रिक वाम गठबन्धन बनेको बताउनुभएको छ ।

त्यस्तै सम्बोधनको क्रममा उहाँले जनतामा पछिल्लो समय बढ्दो राजनीतिक वितृष्णा बदल्ने गरी अगाडि बढ्न र काठमाडौं निर्वाचन क्षेत्र ५को समग्र विकास लागि संसद्मा कांग्रेसका युवा उम्मेदवार प्रदीप पौडेलको खाँचो रहेको औँल्याउँदै गठबन्धनलाई भोट दिन मतदातालाई आग्रह गर्नुभयो ।

त्यस्तै सभालाइ सम्बोधन गर्दै लोकतान्त्रिक वाम गठबन्धनकोतर्फबाट काठमाडौँ क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नुभएका कांग्रेस नेता प्रदीप पौडेलले राजनीतिभित्रको विकृति अन्त्य गर्दै काठमाडौँ क्षेत्र नं ५ लाई सांस्कृतिक सहरका रुपमा विकास गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो ।