मङ्लबार, बैशाख ११, २०८१

भिडियो सन्देश मार्फत प्रदीपलाई मत माग्दै गगनले के भने ? [सन्देश सहित]

काठमाडौं कार्तिक ३०,
नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले काठमाडौं–५ का उम्मेदवार प्रदीप पौडेललाई मतदात गर्न आग्रह गरेका छन्।

महामन्त्री थापाले आज अपरान्ह भिडिओ सन्देशमार्फत् काठमाडौं–५ का मतदातासँग कांग्रेस उम्मेदवार पौडेललाई मतदान गर्न आग्रह गर्नुभएको हो ।

हेर्नुस भिडियो सन्देश: 

त्यस्तै महामन्त्री थापाले आफ्नो मिडियो सन्देश मार्फत काठमाडौं क्षेत्र न ५ का तमाम मतदातासमक्ष तपाईंले प्रदीप पौडेललाई यो क्षेत्रबाट निर्वाचित गराउँदै गर्दा मैले गलत व्यक्तिलाई निर्वाचित गराएछु भनेर एक जना मतदाता एकदिन एकक्षण पनि पश्चाताप मान्नु पर्दैन भनेका छन्।