शुक्रबार, बैशाख ७, २०८१

निर्वाचनमा स्थिर समय भनेको के हो ? स्थिर समयमा कुनैपनि गतिविधि गरे तत्काल कारवाही

काठमाडौं कार्तिक २९,
निर्वाचन आयोगले आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न हुँने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आफ्नो तयारी अन्तिम चरणमा पुगेको समेत जनाएको छ ।

त्यस्तै मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसारसम्बन्धी सम्पूर्ण कामहरू निषेध हुने जनाउँदै आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनैपनि गतिविधि गर्न नपाइने जनाएको छ।

साथै निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदानअघिका ४८ घण्टामा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाउने जनाउँदै आयोगले प्रस्तावित यस समयमा प्रचारप्रसारका कामकारवाही भए निर्वाचनका उम्मेदवार र कार्यकर्ताहरूलाई निर्वाचन कसुर तथा सजाय ऐन अनुरुप कारबाही गर्ने चेतावनी समेत दिएका     छन ।

साथै निर्वाचन आयुक्त भण्डारीले विगतमा आयोगले मौन अवधि तोक्ने गरेको तर यस वर्ष भने मौन अवधि नरहेकाले यस समयलाई स्थिर समयको रूपमा प्रयोग गर्नुपर्ने बताउँदै यससमयमा निर्वाचन प्रचारप्रसारका कुनै पनि गतिविधि नगर्न भनेका छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031