मङ्लबार, बैशाख ४, २०८१

सर्वोच्चद्धारा नो, नट अगेन’ अभियान कार्यान्वयन नगर्ने आदेशलाई निरन्तरता

काठमाडौं कार्तिक २४ ,
सर्वोच्च अदालतले ‘नो, नट अगेन’ अभियानमा आबद्ध समूहलाई साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्वाचन आयोगले दिएो निर्देशन तत्काल कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले निर्वाचन आयोगलाई विपक्षी बनाई गत कात्तिक १४ गते ‘नो, नट अगेन’ अभियानमा आबद्ध समूहलाई साइबर कानूनअन्तर्गत कारबाही गर्ने प्रसंगमा गरेको निर्णय जारी निर्देशनविरुद्ध दायर रिट निवेदनको प्रारम्भििक सुनवाइको क्रममा गत कार्तिक २० गते न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले जारी गरेको अल्पकालीन अन्तरिम आदेशले निरन्तरता पाएको हो ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले आज जारी आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा आज दुवै पक्षलाई छलफल बोलाएपछि पुन अल्पकालीन अन्तरिम आदेशलाइ निरन्तरता दिएसंगै नो, नट अगेन’ अभियान विरुद्ध आयोगले जारी गरेको निर्देशन माथि रोक लागेको छ ।