शुक्रबार, चैत्र १६, २०८०

देशका सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

काठमाडौं कार्तिक २४ ,
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुगिसेकेको जनाएको छ।

बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी कार्य सम्पन्न भएको आयोगले जनाएको छ ।

साथै आयोगले यसअघि तय गरेको कार्यतालिकाभन्दा अगावै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न गरेको जनाएको छ ।