शुक्रबार, माघ २०, २०७९

अकाउन्टविलिटी ल्याबको तर्फबाट पाँच राष्ट्र सेवक कर्मचारी सम्मानित

काठमाडौं कार्तिक २४ ,
इन्टेग्रीटी आइकन नेपालले वर्ष २०२२ का लागि पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित गरेका छन । सम्मनित राष्ट्र सेवकले आफ्नो कार्य क्षेत्रमा निर्वाह गरेको भूमिका संगै सेवाग्राहीप्रति प्रदर्शन गरेको व्यवाहरलाइ प्राथमकिरण गरि उहाँहरुलाइ सम्मान गरिएको हो ।

सम्मानित हुनेमा सडक विभागका ईन्जििनियर कल्पना अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ कृषि अनुसन्धान अधिकृत, मोहनकृष्ण महर्जन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखा प्रमुख रोशनी देवी कार्की, सीमा प्रशासन कार्यालय, नाम्चेमा कार्यरत शाखा अधिकृत, सुजन कुमारी बर्देवा, र जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तरगत प्रदेश अस्पताल सर्लाहीमा कार्यरत प्रहरी हवल्दार राजेश साह जयसवाल रहेकाछन् ।

त्यस्तै सम्मानित राष्ट्र सेवकमध्ये राष्ट्र सेवक कल्पना अधिकारी Led by Example, मोहनकृष्ण महर्जनSymbol of Dedication, रोशनी देवी कार्की Voice Against Injustice , सुजन कुमारी बर्देवा Practical in Action र राजेश साह जयसवाल लाइ  Grounded with Values टाईटलबाट सम्मानित गरिएको उक्त कार्यक्रममा ईन्टेग्रिटी आईकन २०२१” मनमाया भट्टराई पंगेनीले “हामीले सेवा प्रवाह गर्दा बोली व्यवहार र शैलीको माध्यमबाट जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो ।