शुक्रबार, बैशाख ७, २०८१

आज अन्नको पूजा गर्ने पर्व अर्थात सकिमिला पुन्ही मनाइदैँ

काठमाडौं कार्तिक २२,

आज अष्टदल भएको कमलबाट स्वयम्भू भगवान् उत्पन्न भएको विस्वास सहित कला र संस्कृतिको धनी भनिएर चिनिएको नेवार समुदायले आज सकिमिला पुन्ही हर्षोल्लासका साथ मनाउँदैछ ।  त्यस्तै आजका दिन प्रत्येक मठ मन्दिरमा गेडागुडीबाट देवदेवीको मन्दिर बनाउँदै प्रदर्शन गरिन्छ भने आजको दिन नेवार समुदायले पिँडालु तथा सखरखण्ड उसिनेर खानुको अलावा आजैबाट मन्दिर, पाटी, सत्तल आदिमा बसेर गाइने दाफा भजन पनि समापन गर्ने चलन रहिआएको छ ।

यसैवीच अन्नको पूजा गर्ने चाडको रुपमा यो चाड प्रख्यात रहेको छ । सकिमिला पुन्हि, सकिमन्हा पुन्हि भनेर प्रख्यात कात्तिक पूर्णिमाको दिन चोभारमा लागेको एक महिनाको मेला पनि सम्पन्न गर्नुको अलावा आजै राजधानीको थायमदु अर्थात बांगेमुढास्थित इखानारायणको प्रतिमालाई खटमा राखि बाजागाजाका साथ जात्रा गरि नगर परिक्रमा समेत गराइन्छ।