बिहिबार, बैशाख १३, २०८१

निर्वाचनमा अभियन्ताको भूमिका निर्वाह गरिदिन कलाकारलाई प्रमुख आयुक्तको आग्रह

काठमाडौं कार्तिक २१, 
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका लागि अभियन्ताको भूमिका निर्वाह गरिदिन कलाकारहरूसँग आह्वान गर्नुभएको छ ।

आयोगले निर्वाचन केन्द्रीत हुँदै कलाकारहरूसँग गरेको अन्तरसंवाद कार्यक्रममा वोल्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनको माहौल निर्माण संगै स्वच्छ, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गराउने कार्यमा योगदान गर्दै कलाकारहरूलाइ यस्तो आग्रह गर्नुभएको हो ।

त्यस्तै अन्तरसंवादको क्रममा उहाँले कलाकारहरूले आफ्ना सामाजिक सञ्जालबाट निर्वाचन र मतदाता शिक्षाका सन्देशहरू प्रवाह गरेर तथा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट टाढा रहेर मुलुक र लोकतन्त्र जोगाउने संकल्प बोकेको आसन्न निर्वाचन सफल बनाउन व्यावसायिक र रचनात्मक रुपमा योगदान दिने अपेक्षा गर्नुभएको छ।

त्यस्तै प्रमुख आयुक्त थपलियाले नो नट एगेन’का सम्बन्धमा कलाकारले राखेको जिज्ञासामा “लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतासँग मिथ्या सूचना, दुष्प्रचार र द्वेशपूर्ण अभिव्यक्तिलाई मिसाएर हेर्न नहुँनेमा जोड दिदै सभ्य भाषामा कसलाई मत दिने र नदिने भनेर खुल्लारूपमा भन्न सक्नुहुन्छ, अँध्यारो कुनामा बसेर लाञ्छित र गालीगलौज गरिरहनु नपर्ने बताउँदै निर्वाचनलाई व्यापार ठान्नेहररूले देशको समृद्धि गर्दैनन् भन्ने सन्देश पनि कलाकारहररूले नागरिकका बीच लगिदिन आग्रह गर्नुभएको छ।