बिहिबार, बैशाख १३, २०८१

भक्तपुर २ मा थापा र बस्नेतवीच चुनावी प्रतिस्प्रर्धा , बस्नेत भन्दा थापा अगाडी

काठमाडौ कार्तिक २०,

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचार प्रसारसंगै भक्तपुरमा चुनावी माहोल तात्तिएको छ । कुल मतदाता ९१ हजार ९११ मतदाता रहेको भक्तपुर २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा र नेकपा एमालेका उम्मेदवार महेश बस्नेतबीचको प्रतिष्पर्धा लाइ दिएर अहिले भक्तपुर २ निर्वाचन माहौल तात्तेको हो ।

यसअघिको संसदीय निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार रहेका महेश बस्नेतले पूर्वसभामुख समेत रहेको नेपाली काँग्रेसका दमननाथ ढुंगानालाई पराजित गरेका थिए । तर ५ वर्ष पछि भक्तपुर २को अवस्था बदलिएको छ। भक्तपुर २ मा दुइ दर्जन भन्दा आकंक्षी उम्मेदवार रहेपनि ५ दलीय सत्ता गठबन्धनको तर्फबाट संघीय उम्मेदवार रहेको भक्तपुर काँग्रेसका सभापति दुर्लभ थापा र एमालेका उम्मेदवार महेश बस्नेत वीच प्रस्तुत चुनाव केन्द्रीत रहे पनि बस्नेत भन्दा थापा निकै अगाडी रहेको स्थानीय मतदाताहरु बताउँछन । गत स्थानीय तहमा पार्टीहरुले ल्याएको मतलाई आधारमा बस्नेत भन्दा थापा अगाडी रहेको उनिहरुको जनाउ रहेको छ ।

त्यसो त गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले ल्याएको मतको परिणाको आधारमा भक्तपुर २ मा गठबन्धनको निकै अगाडि रहेको मात्र नभइ त्यसवेला समग्रमा कांग्रेसले २५ हजार ७ सय ६४, नेकपा ९ एमाले० ले २४ हजार २सय ८६, नेपाल मजदुर किसान पार्टीले ४ हजार ९ सय २५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार १ सय ७२, नेकपा एसले १ हजार २ सय २ तथा नेकपा ९माओवादी केन्द्र० ले १ हजार ४५ मत प्राप्त गरेको थियो ।

त्यस्तै भक्तपुर १ मा भने नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवालले उम्मेदवारी दिएका छन् भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सुनिल गोठेले उम्मेदवारी दिएका छन् । त्यस्तै नेकपा एमालेबाट नवराज गेलाल, जनता समाजवादी पार्टीबाट हिरालाल खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरत खड्काले उम्मेदवारी दिएका छन् । गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले ल्याएको मतको परिणाम र २०७४मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचन परिणामलाई आधार मान्ने हो भने भक्तपुर १ मा नेमकिपा अगाडि रहेको स्थानीय मतदाताका े भनाइ रहेको छ ।