शुक्रबार, बैशाख ७, २०८१

महानगर वडा नं. १६ का वडाध्यक्ष रिजाललाई पाँच हजार जरिवाना

काठमाडौं कार्तिक १९,
निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नं. ६ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टी भएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको हो ।

रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो । रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड [क]को प्रतिबन्धात्मक वाक्याशं [४] प्रतिकुल हुनेगरी निर्वाचन आचारसंहिता, २०७९को उल्लंघन गरेको कार्य पुष्टी भएकोले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा [३] बमोजिम जरिवाना गरिएको आयोगले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031