शनिबार, बैशाख ८, २०८१

कार्तिक २२ मा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै, यस्तो छ प्रभाव (भिडियो सहित)

ज्यो.  दीपक सुवेदी

काठमाडौ कार्तिक १८,
कार्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमाका दिन नेपाली समय अनुसार साँझ १७ः११ बजेदेखि १८ः३४ बजेसम्म ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको ज्योतिषी दीपक सुवेदीले जानकारीदिनभएको छ।

त्यस्तै ज्यो. सुवेदीका अनुसार नेपालमा जम्मा १ घण्टा २३ मि.को अवधि रहने यो ग्रहणको समयमा पृथ्वीको एउटापाटोले पूर्णरूपमा चन्द्रमातर्फ जाने सूर्यको प्रकाशलाई रोकिदिने हुनाले चन्द्रमाको पूरै भागमा पृथ्वीको छायाँ पर्छ । फलस्वरूप पृथ्वीको अर्कोपाटोबाट चन्द्रमा पूर्णरूपमा कालो देखिन्छ । यसरी चन्द्रमाको पूरै भागमा छायाँ पर्ने गरी लाग्ने ग्रहण अर्थात खग्रास चन्द्रग्रहण विरलै र लामो समयको अन्तरालमा मात्रै लाग्ने जानकारीदिनुभयो ।

साथै उहाँले खग्रास ग्रहण बढी शक्तिशाली र असरकारक हुने जनाउँदै यसवीचमा बुध र शुक्र ग्रह अस्त रहेकोले ग्रहणलाई थप असरकारक रहेको उहाँको भनाइ रहेको छ । जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्नसक्ने, प्रतिकूल दिनदशा चल्नेसंभावना अधिक रहेका कारण मनोरोगीहरूले सावधानी अप्नाउनु पर्ने जानकारीदिनुयो । त्यस्तै भरणी नक्षत्र ,मेष राशि भएका जातकलाइ निकै घातक रहेकोग्रहणको चन्द्र फल अन्र्तगत भरणी नक्षत्र ,मेष राशि भएका जातकलाइ निकै घातक रहेको यो ग्रहणको फल अन्र्तगत मेष राशि भएका जातकलाइ घात , वृष राशिलाइ व्यय, मिथुन राशिलाइ लाभ, ककर्ट राशिलाइ सुखम , सिंह राशिलाइ माननास , कन्या राशिलाइ कष्टम, तुला राशिलाइ स्त्रीपिडा,वृश्चिक राशिलाइ सौख्यम ,धनु राशिलाइ चिन्ता, मकर राशिलाइ व्यथा, कुम्भ राशिलाइ श्रीप्राप्ति र मिन राशिलाइ क्षति रहेको बताउनुभयो ।

यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । साथै ज्यो. सुवेदीले सो ग्रहण फलको बारेमा बताउनु भएको पूरा विवरण भिडियोमार्फत हेर्नसकिन्छ ।