बुधबार, बैशाख १२, २०८१

निर्वाचन क्षेत्र न. ८ मा सत्ता गठबन्धनको चुनावी घरदैलो

काठमाडौं कार्तिक १८,
आसन्न मंसिर ४ गते एकै चरणमा सम्पन्न हुने आम निर्वाचन अन्र्तगत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी मैदानमा रहेको राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरु आआफ्नो निर्वाचनको प्रचारप्रसारका लागि जुलुस, आमसभा, कोणसभा चुनावी घरदैलो लगायतका कार्यक्रममा व्यस्त रहेका छन ।

यसैक्रममा काठमाडौं निर्वाचन क्षेत्र ८ मा सत्ता गठबन्धनले चुनाव प्रचार अभियान तीव्र बनाएका छन् । जसअनुसार आज गठबन्धन दलको तर्फबाट यस क्षेत्रमा प्रतिनिधिसभातर्फ नेकपा एसका नेता जीवनराम श्रेष्ठ र क प्रदेशसभातर्फ उम्मेदवार रहनु भएका काँग्रेस नेता राजुराज जोशी, त्यस्तै समानुपातिक तर्फका संघीय उम्मेदवार काँग्रेस नेतृ सपना भण्डारी सहितको सयुक्त भेलाले आज क प्रदेश अन्र्तगत रहेको महानगरको वडा १९मा औपचारिक घरदैलो अभियान सहित क्षेत्र न. ८ मा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लाइ निर्वाचित गराउँन मतदातासमक्ष अपिल गरिएको थियो ।

यटखा बहालबाट दर्जनौ कार्यकर्ता एमवे शुभचिन्तकको सहभागीतामा शुरु भएको चुनावी ९यालीले महानगर वडा न १९ को यटखा, गणेश मन्दिर , दमाईटोल, सुन्तागल्ली, मुगल्ली, वडा भवन, हिटि, दमैचाघाट, कंकेश्र्वरी मन्दिर, हाथीखेल,ल्याखगल्ली, मरूढोका, चिवाखेल, ईनाटोल, देको, मरूढोका, चसान, ढोकाटोल, बन्जाहिटी, मिच्यागल्ली, चामुण्डा गल्ली, भौक्यब, मरूहिट्टी, मरूबहिल, मरूगणेश, प्याफल, यटखा हुँदै गणेश मन्दिर परिसरमा समापन गरिएको थियो ।

त्यस्तै शनिवार दिउँसो क प्रदेश अन्र्तगतकै महानगर वडा न. १३ मा घरदैलो कार्यक्रम रहेको वडा नं।१३ कप्रदेश गठबन्धन चुनाब प्रचारप्रसार समितिका संयोजक सुरेन्द्र मानन्धरले जानकारी दिनुभएको छ। संयोजक मानन्धरका अनुसार यसवीचमा सत्ता गठबन्धनका उम्मेदवारले सोल्टीमोड ,रबिभवन ,बाफल , सोल्टी क्षेत्रमा चुनावी घरदैलौ गर्ने बताउनुभयो ।