शनिबार, बैशाख ८, २०८१

नक्कली करारनामा बनाई ४ करोड ५० लाख रुपैयाँ ठगी गर्ने अन्सारी पक्राउ

३१ लाख ८१ हजार ३ सय  सहित हुण्डी कारोबारमा संलग्न अभियुक्तत्रय पक्राउ

काठमाडौं कार्तिक १७,
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली करारनामा बनाई नगद ४ करोड ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका १७ घर भई सोही महानगरपालिका १४ पिपरा बहुअरी बस्ने ३६ वर्षीय नौसद अन्सारीलाई बुधबार पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेका नौसद अन्सारी समेतले काठमाडौं महानगरपालिका १३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाई घरेलु तथा साना उद्योग कार्यालय काठमाडौं र कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा पेश गरी हिमालयन होटेल प्रालि नामक कम्पनी दर्ता गराई उक्त होटलमा लगानी गर्नको लागी भन्दै रकम ठगी गरेको जनाएको छ।

त्यस्तै पक्राउपरेका निजउपर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यसैवीच काठमाडौं बिशालबाजारस्थित अनुज सेन्टर र न्युरोड खिचापोखरीस्थित जय दुर्गा ट्रेड ईन्टरनेशनलबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत नयाँदिल्ली ठेगाना भई काठमाडौं ठमेल बस्ने ५० वर्षीय कमल कान्त कुल्थिया, सप्तरी राजविराज ठेगाना भई काठमाडौं नक्साल बस्ने ६७ वर्षीय निर्मल कुमार अग्रवाल र भारत राजस्थान ठेगाना भई काठमाडौं ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल रहेका छन् ।

पक्राउ परेका अभियुक्तहरुले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेशरनिर्देशन विपरीत वित्तिय कारोवार [हुण्डी] गर्दै आएको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नगद ३१ लाख ८१ हजार ३ सय ८५ रूपैयाँ र व्यक्ति तथा संस्थाको नाममा काटिएको बैंक चेक सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ।