शुक्रबार, चैत्र १६, २०८०

१७ वर्षीया किशोरी बलात्कार प्रकरणको थुनछेक बहस आजपनि हेर्दाहेर्दैमा

काठमाडौं कार्तिक १७,
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दिप लामिछानेविरुद्ध परेको मुद्दा अन्र्तगत बुधबारबाट जारी थुनछेक बहस आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपविरुद्धको मुद्दाको बहस नसकिएपछि शुक्रबारको लागि ‘हेर्दाहेर्दै’मा राखेको हो ।

जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले २४ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले कात्तिक १४ गते सोमबार काठमाडौं अदालतमा सlन्दपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरेको हो ।