बिहिबार, बैशाख १३, २०८१

लैङ्गिक हिंसा न्यूनिकरणका लागि महानगरले ३२ वटै वडामा महिला सञ्जाल गठन गर्ने

 काठमाडौँ कार्तिक १६ ,
हिंसा, शोषण, दमन भेदभाव तथा अन्य कारणले अन्यायमा परेका महानगरमा बस्ने महिलाहरुमा छिटो न्यायको पहुँच पु¥याउने लक्ष्य सहित काठमाडौं महानगरपालिकाले महानगर अन्र्तगत ३२ वटै वडामा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ।

बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालीक वडा महिला सञ्जाल स् गठन र सञ्चालन सम्बन्धी छलफल पछि पछिल्लो समय बढ्दो महिला हिंसा लगायतका अराजक गतिविधीलाइ व्यवस्थापन गर्न यस सञ्जाल गठन सम्बन्धी नितिगत निर्णय गरिएको हो । यसअघि समाजमा हुने द्वन्द्व व्यवस्थापनका लागि भन्दै सबै वडामा मेलमिलाप केन्द्र स्थापनाको अवधारणा कार्यान्वयन गर्दै आइरहेको काठमाडौं महानगरले सञ्जालको गठन मुलत मेलमिलाप नै भएको जनाएको   छ।

त्यस्तै   महानगर प्रमुख वालेन्द्र साहले स्थानीय सरकार सबल भए प्रहरीमा पर्ने गरेका लैङ्गिक विषयसँग सम्बन्धित उजुरीको सङ्ख्या कम हुने बताउनुभएको छ । साथै उहाँले  लैङ्गिक हिंसा व्यवस्थापन गर्न वडा स्तरमा महिला सञ्जाललाइ कार्यान्वयन गर्ने काठमाडौँ महानगर पहिलो पालिका भएको बताउँदै ‘प्रहरीको तथ्याङ्क हेर्दा काठमाडौँमा महिला हिँसाका उजुरी धेरै देखिन्छन् । हिँसा सहनु हुन्न भन्ने सचेतना भएकाकारण उजुरी गर्नेको संख्या धेरै हुन सक्छ । यस प्रकारका समस्या वडा स्तरमै समाधान गर्न सके प्रहरीमा दर्ता हुने उजुरीको संख्यामा कमी आउने बताउनुभयो । तर   जघन्य अपराधलाई सञ्जालको नाममा मेलमिलाप गराउने वा त्यही समाधान गर्न खोज्नु चाहिँ नहुँनेमा विशेष जोड दिनुभयो ।

त्यस क्रममा महानगर  उपप्रमुख सुनिता डैगोलले   न्याय वितरण प्रणालीलाई वडा स्तरमा छिटो, सहज र सहज बनाउने संस्थागत संयन्त्र निर्माण भएकोमा आफूलाई खुशी व्यक्त गर्दै, समाजमा मेलमिलापको वातावरण निर्माण गर्दै महिला र पुरुषबीचको विभेद अन्त्य गर्न यसकिसिमको अवधारण कार्यान्वयनमा ल्याइएको र विवाद समाधानका लागि सञ्जालले मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । सञ्जालले पुरुष र महिलामा कुनै पनि किसिमको विभेद नगरी न्याय निरूपण गर्ने जनाउदै प्रत्येक वडा समितिमा वडा सचिवको संयोजक्त्वमा एक हप्ता भित्र महिला सञ्जाल गठन गर्न निर्देशन दिनुभयो  ।

त्यस्तै सञ्जालले हिंसा पीडित तथा प्रभावितबाट उजुरी वा निवेदन लिएर वडा स्तरबाट कानुनबमोजिम गर्न सकिने अधिकतम काम गर्नेछ । पीडितलाई कानुनी र मनोवैज्ञानिक परामर्श उपलब्ध गराउने छ भने तत्काल आवश्यक पर्ने स्वास्थ्य सेवा तथा उपचार, राहत र आर्थिक सहयोग उपलब्ध गराउनेछ । यसका लागि निःशुल्क स्वेच्छिक कानुनी सेवा उपलब्ध गराउन संघसंस्थाहरुसँग समन्वय र सहजीकरण गर्नेछ ।
काठमाडौँ महानगरपालिका महिला सञ्जाल सञ्चालन कार्यविधि २०७९ बमोजिम संयोजकले ३ जना सदस्य छनौट गर्न सक्ने व्यवस्था छ । महिला हिंसाविरुद्ध वडा तहमा क्रियाशील संस्थाका प्रतिनिधिमध्ये २ जना र महिला अधिकारको क्षेत्रमा काम गर्ने मेलमिलापकर्ता, कानुन व्यवसायी, समाजसेवी वा पत्रकारमध्येबाट १ जना गरी ३ जना छनौट गर्ने संयोजकलाई अधिकार दिइएको छ ।