शुक्रबार, बैशाख ७, २०८१

आज अमला वोटको पुजनसंगै कुभिण्डो दान गरि कुष्माण्डा नवमी पर्व मनाइँदै

काठमाडौं कार्तिक १६,
कार्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्नुहुने विस्वास सहित आजका दिन अमलाको वोटको पुजनसंगै कुभिण्डो दान गरि कुष्माण्डा नवमी पर्व मनाइँदै छ ।

आयुर्वेदिक औषधिका रूपमा उपयोग गरिने अमला अमृत मानिन्छ । त्रिफला चूर्ण बनाउँदा आवश्यक पर्ने तीन जडीबुटीमध्ये अमला एक हो । हर्रो, बर्रो र अमला मिलाएर बनाइने त्रिफला चूर्ण धेरै रोगको उपचारमा प्रयोग हुँदै आएको छ।

त्यस्तै पद्मपुराणअनुसार कार्तिक शुक्ल नवमीको दिन द्वापर युगको आरम्भ भएको थियो । यसै दिन भगवान् विष्णुले कूष्माण्ड नाम गरेको दैत्यको वध गरेको हुनाले यो दिनलाई कूष्माण्ड नवमी भनिएको हो । कूष्माण्ड दैत्यको शरीरबाट कुभिण्डो उत्पन्न भएको हुनाले यो दिन कुभिण्डो दान गर्नाले अनन्त कोटी फल प्राप्त जनविस्वास रआिएकोछ ।

साथै आजको दिन मिथिला क्षेत्रमा अमलाको रुखको फेदमा खाना वा खिर बसेर खाने परम्परा समेत रहिआएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031