शुक्रबार, चैत्र १६, २०८०

एमालेको ९६ पृष्ठे घोषणापत्र सार्वजनिक [पूर्णपाठ सहित]

काठमाडौं कात्तिक १५,
आसन्न मंसिर ४ गत एकै चरणमा सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ लक्षित हुदै प्रतिपक्षीदल नेकपा एमालेले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीको नक्सालस्ति होटल याक एण्ड यतिमा पार्टी अध्यक्ष केपी ओलीले डिजिटल प्रविधिबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

विभिन्न पाँच खण्डमा विभाजित ९६ पृष्ठको सार्वजनिक घोषणापत्रमा एमालेले समृद्ध नेपाल: सुखी नेपाली’को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ ।

घोषणापत्रमा सूर्य चिह्नमा किन मतदान गर्ने भन्ने प्रसंगलाइ प्राथमिकरण गर्दै एमालेले आगामी ५ वर्षमा के गर्छ शिर्षकमा ४ संकल्प सहित  २० वटा कार्ययोजनाको कार्यान्वयनको ग्यारेन्टी गरिएको छ । त्यस्तै सार्वजनिक घोषणापत्रमा एमालेले एमालेले उठायो देश र जनताको स्वाभिमान भन्दै अध्यक्ष होलीले महत्वपूर्ण शिर्षकको व्याख्या गरिरहनु भएको छ । सार्थ यसलगत्तै ‘ओलीसँग लाइभ डिबेट’ गर्ने कार्यक्रम समेत रहेको नेकपा एमालेले जनाएको छ।

यस्तो छ घोषणापत्रको पूर्णपाठ

 एमालेले ग्यारेन्टी गरेका  कार्ययोजना बुँदागत रुपमा क्रमस

१ समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने
२ राष्ट्रहित र नागरिकहितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने
३ ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’को नीति कार्यान्वयन गर्ने
४ स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने
५ आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने
६ सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने
७ ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’को नीति कार्यान्वयन गर्ने
८ ‘निरोगी नेपाल, सबल नागरिक’को नीति अघि बढाउने
९ स्वच्छ पानी, सफा वातावरण’को सुनिश्चित गर्ने
१० ‘सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति’ गर्ने
११ ‘खेत बारीमा पानी, दोब्बर हुन्छ उब्जनी’को मान्यतामा अघि बढाउने
१२ सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने
१३ ‘व्यवस्थित सहरः स्वच्छ र हरियाली बस्ती’को अबधारणा कार्यान्वयन गर्ने
१४ ‘सरल, सहज सार्वजनिक सेवा’को प्रबन्ध गर्ने
१५ सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने
१६ सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने
१७ ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’को नीति कार्यान्वयन गर्ने
सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने
१९ ‘सभ्य समाजः मर्यादित नागरिक’को नीति कार्यान्वयन गर्ने
२० प्रतिव्यक्ति आय दोब्बर गर्ने  रहेका छन ।