बिहिबार, चैत्र १५, २०८०

१७ वर्षिया किशोरी वलात्कार प्रकरणमा लामिछानेविरुद्ध मुद्दा दायर

काठमाडौं कार्तिक १४ ,

१७ वर्षिया किशोरी वलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले आज जिल्ला अदालत काठमाडौँमा १० देखि १२ वर्षसम्म कैदको माग सहित मुद्दा दायर गरेको छ ।

सरकारी वकिल कार्यालयले क्रिकेटर लामिछानेविरुद्ध मुद्दा दायरभएसंगै मङ्गलबारदेखि थुनछेक बहस हुने अदालत स्रोतले जनाएको छ।

तर वलात्कार अयिोगमा प्रहरी हिरासतमा रहेका लामिछानेले आफूविरुद्ध लागेको आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको आफूले बलात्कार नगरेको बयान दिदै आएको छ।