शुक्रबार, चैत्र १६, २०८०

संविधानको रक्षा र राजनीतिको स्थायित्वको लागि कांग्रेस नेतृत्वको सरकार :पूर्व उपप्रम  सिंह

काठमाडौं कार्तिक १४ ,
नेपाली कांग्रेसका नेता एवम् काठमाडौँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाशमान सिंहले आसन्न निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ ।

निर्वाचन क्षेत्र १ अन्र्तगत रहेको भीमसेनगोलामा आयोजित ‘चुनावी कार्यक्रमलाइ सम्बोधन गर्दै देशमा पछिल्लो समय देखिएको अराजक राजनीतिको रुपान्तरण सहित यसको स्थायित्वका लागि आगामी निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो ।

त्यस्तै सो अवसरमा नेता सिहले संविधानको रक्षा, राजनीतिको स्थायित्व र विकास निर्माणको पक्षलाइ आवधिक निर्वाचनले सम्बोधन गर्ने भएका कारण यसतर्फ गम्भीरताका साथ सोच्न उहाँले आफ्ना मतदातालाई आग्रह समेत गर्नुभयो ।

नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री समेत रहेको नेता सिंहले राजनीतिक यो वा त्योनाममा सिर्जना गरिउको अस्थिरताका कारण मुलुकमा सुशासन कायम हुन नसकेको जिकिर सहित मुलुकको शासन पद्दति सुधार र यहाँ विद्यमानय यावत विकृतिको निरुपणका लागि कांग्रेसको विजय आवश्यक रहेको समेत बताउनुभयो ।