शुक्रबार, बैशाख १४, २०८१

नेकपा माओवादीले आज आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै

काठमाडौं कार्तिक १४ ,
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित हुँदै आज सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । माओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जानकारी दिएको हो।

यसअघि २०७४ को निर्वाचनमा राजनीतिक स्थिरताका लागि भन्दै वामगठबन्धन गरेर झण्डै दुई तिहाइ जनमत प्राप्त गरे पनि दुई–दुई पटक प्रतिनिधिसभा विघटन भएकाले शासकीय प्रणालीमा सुधार जरुरी रहेको प्रसङ्गको ठहर सहित माओवादीले प्रतिबद्धतापत्रमा राखेको नेकपा माओवादीले केन्द्रले जनाएको छ ।