शनिबार, बैशाख २२, २०८१

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

      १७ वर्षकी किशोरी वलात्कार प्रकरण :

काठमाडौैं  कार्तिक  ६,  

प्रहरीले  चौथो पटक जिल्ला अदालत काठमाडौमा  उपस्थित गराएका   राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दिप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।   यसअघि  अदालतले  कार्तिक २  गते अदालतले चार दिन मात्र म्याद थप गरी कात्तिक ६ गते आइतबार प्रतिवेदन सहित पेस गर्न अनुमति दिएको थियो ।

१७ वर्षकी किशोरीले सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा भाद्र २१ गतेदेखि   प्रहरी वृत्त गौशालाको न्यायिक  हिरासतमा  रहेका  सन्दिपलाइ    प्रहरीले  पटकपटक  अर्थात  गत  असोज २० गते पहिलो पटक र असोज २७ गते दोस्रो पटक र कार्तिक २ गते  तेस्रो पटक   अदालतमा पेस उपस्थित गराइसकेको  छ ।

 यसवीचमा  प्रहरीले लामिछानेविरुद्ध लागेको  आरोपको  आवश्यक  अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरे पनि   तिहार पर्वको बिदा परेका कारण अदालतमा मुद्दा दर्ता भने भएको छैन ।