बुधबार, बैशाख १२, २०८१

यमदीपदान सहित आज धनतेरस पर्व मनाइदैँ

 काठमाडौं कार्तिक ५ ,
आज कार्तिक कृष्ण त्रयोदशी । आज साँझ यमदीपदान गरेसँगै नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार पर्व शुरु भएको मानिन्छ । आज बेलुकी यमदीपदान गर्ने परम्परा रहिआएको छ । धार्मिक मान्यता अनुसार आजको दिन यमदीप दान गरे यमयातनाबाट मृत्युपछि मुक्ति पाइने धार्मिक विस्वास रहिआएको छ।

यसैगरी आजै नयाँ सरसमान खरिद गर्दै धनतेरस पर्व समेत मनाइएको छ ।  धनतेरसका दिन सुन चाँदीको गहना किन्दा  शुभ साइत  हुने धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको बजारमा भीड लाग्ने गर्दछ ।

त्यस्तै यमपञ्चकको पहिलो दिन आइतवार कागको पूजाआजा गरी मीठो मीठो खान दिएर काग तिहार पर्व मनाइँदैछ । पाँच दिनसम्म अर्थात कात्तिक शुक्ल द्वितीयासम्म् यमराज पनि आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक भनिएको हो ।

साथै यमपञ्चकको दोस्रो दिन सोमबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ । यसलाई नरक चतुर्दशी पनि भनिन्छ । यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ । चौँथो दिन मंगलबार गाईको पूजा गरिन्छ । चौथो दिन बुधबार गोवद्र्धनपूजा, बलीपूजा, हलितिहार, गोरुको समेत पूजा गरेर मनाइन्छ । पाँचौँ दिन बिहीबार दिदी बहिनीले दाजुभाइलाई टीका लगाएसंगै तिहार पर्व समापन हुने र त्यसलगत्तै छठ पर्व शुरु हुँने गर्दछ ।