शनिबार, बैशाख २२, २०८१

शव यात्रापछि पार्थिव शरीर चिकित्सा अध्ययनका लागि अस्पताललाइ हस्तान्तरण

काठमाडौं असोज ३० ,
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । उहाँको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रममा आज विहान निधन भएको हो।

पारिवारिक स्रोतका अनुसार आज महाप्रस्थान गर्नुभएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शव यात्रा पछि मरणोपरान्त अस्पतालमा अध्ययन गर्नका लागि शरीर दान गर्ने बुबा [स्व जोशी]को इच्छा अनुरुप उहाँको शरीरको , अन्तिम दाहसंस्कार नगरि चिकित्सा प्रणाली अनुरुप अध्ययनका लागि किष्ट शिक्षण अस्पताललाइ हस्तान्तरण गरिने भएको छ।