शनिबार, बैशाख २२, २०८१

वाङ्मय शताब्दी पुरुष जोशीको निधनप्रति राष्ट्रपति र प्रधानन्त्रीबाट दुःख व्यक्त

काठमाडौं असोज ३० ,
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आज बिहान ७ः०९ बजे निधन भएको छ । किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आज १०३ वर्षको उमेरमा निधन भएको हो।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारी र प्रधानन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनको खबरले निकै दुःखी तुल्याएको उल्लेख गर्दै उहाँको आत्माको चीर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

 

विसं १९७७ साल वैशाखमा जन्मेका जोशी लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित रहनुको अलावा पछिल्लो समय डेङ्गु सङ्क्रमण, छातीमा निमोनियाको सङ्क्रमणका साथै मुटुको समस्याबाट समेत पिडित हुँदै आएको थियो । त्यस्तै पछिल्लो समय उहाँको अक्सिजन स्याचुरेसन लेभल कम भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार गराउँदै आउँनु भएको थियो ।