मङ्लबार, बैशाख ११, २०८१

समानुपातिकको बन्दसूचीबाट २९ जना उम्मेदवारको नाम फिर्ता

काठमाडौं असोज २०,
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पेस गरिएको बन्दसूचीबाट विभिन्न दलका प्रतिनिधि सभातर्फ ९ र प्रदेशसभातर्फ २० उम्मेदवार गरि कुल २९ जना उम्मेदवारले नाम फिर्ता लिएको निर्वाचन आयोगले जनाएके छ।

त्यस्तै आयोगले असोज १६ गतेसम्म बन्दसूचीमा संशोधन पेस गर्न दिइएको समयसंगै बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा असोज १७ गते बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिन सकिने सूचना दिइएको थियो ।

यसरी आएको दिएको सूचना अनुरुप आफ्नो नाम फिर्ता लिनेमा दुवै तहमा गरी नेपाली कांग्रेसका ९, माओवादी केन्द्रका२ , जसपाका ५ , एकीकृत समाजवादी र जनता समाजवादीका ५, नागरिक उन्मुक्ति पार्टीका १, पुनःजागरण पार्टीका १र राष्ट्रिय नागरिक पार्टीका ५ जना रहेका छन् ।

साथै उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई आयोगले असोज १७ गते नै जानकारी दिइसकेको जनाउँदै नाम फिर्ता लिएका कारण रिक्त भएको बन्द सूचीमा असोज २० गतेदेखि २२ गते ३ बजेसम्म सम्बन्धित दलको तर्फबाट अर्को उम्मेदवारको मनोनयन गरी आयोगमा पेस गर्ने भनिएको छ ।