शनिबार, बैशाख ८, २०८१

नारायणगढबाट वीरगञ्ज जाँदै गरेको यात्रुवाहक बस दुर्घटना, १६ को मृत्यु

काठमाडौं असोज २०,

बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित तीन नम्बर पुल नजिकैनारायणगढबाट वीरगञ्ज जाँदै गरेको बागमती प्रदेश ०६-००१ ख ०११० नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा एकदर्जन भन्दा बढी यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ।

लगभग ४५ भन्दा बढी जना यात्रु सवार दुर्घटनाग्रस्त उक्त बसका १४ जना यात्रुको घटनास्थलमै मृत्यु भएको  बाँकी सबै घाइते भएको र घाइते यात्रुको उपचारका लागि हेटौंडा,वीरगञ्ज र चितवन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।  त्यस्तै प्रहरीले के कति कारणले बस दुर्घटना भएको हो सोको समेत अनुसन्धान हुँदै गरेको जनाउँदै   दुर्घटनाग्रस्त बसका यात्रुमध्ये घटनास्थलमै मृत्यु भएका १४ जना यात्रुको पहिचान खुलेको र  हेटौडा अस्पतालमा उपचारको क्रममा  मृत्यु भएका  बाँकी दुइ जनाको पहिचान खुल्न बाँकी रहेको जनाएको छ।

प्रहरीका अनुसार पहिचान खुलेका मृतकको नामावली क्रमस

  •  लिलाराज चौधरी
  • नन्द कुमारी पुडासैनी
  • सफल कडेल
  • सोमप्रसाद चौरासिया
  • मन्निदेवी चौरासिया
  • शुभलक्ष्मी श्रेष्ठ
  • सोस्तिका श्रेष्ठ
  • नाजलिन खातुन
  • सुरेश बिक
  • ईताजत अंसारी
  • लाल बहादुर बोगटी
  • मनोरथ पुडासैनी
  • अम्बिका कडेल
  • सन्तोष कुमार राय