शुक्रबार, चैत्र १६, २०८०

पूर्वप्रधानमन्त्री भट्टराईले गरे आसन्न निर्वाचन नलड्ने घोषणा

काठमाडौं असोज १७,

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनाव नलड्ने घोषणा गरेका छन् । डा.भट्टराईले आज सामाजिक संजाल फेसबुक र ट्वीटरमार्फत प्रतिनिधि सभा निर्वाचनमा आफुले उम्मेदवारी नदिने घोषणा गर्दै डा.भट्टराईले यसअघि चुनाव जिताउने मतदातालाई धन्यवादसमेत दिँदै अब चुनाव नलड्ने जनाउ दिनुभएको हो ।

स्मरण रहोस यसअद्धि डा.भट्टराईले आसन्न निर्वाचन लड्नकै लागि माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया र हथौडाको प्रयोग गर्ने गरि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग सहकार्यको प्रस्ताथन विन्दु तय गरेका थिए ।

डा.भट्टराईले आफ्नो सामाजिक संजाल मार्फत आगामी २०७९ मंसीर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहॉहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु। मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिकालागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरूभएका आयोजना पूरा हुन बॉकी छन्। बॅकीरहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहने प्रतिवद्धता व्यक्त गरेका छन ।