मङ्लबार, चैत्र १४, २०७९

यस्तो छ चाडपर्वमा घर जान नपाउने फौजीको पीडा

काठमाडौं असोज १७,
चाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पन प्रधानको स्वरमा ‘लाहुर’ बोलको गीत सार्वजनिक भएको छ । गायक प्रधानको गीतले समाजको वास्तविकता बोल्छ । कहिले उनको गीतले प्रेमको पीडा बोक्छ । उनै, गायकले दशैं तिहारको अवसर पारेर ‘लाहुर’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीतले खासगरी दसैँ र तिहार जस्ता चाडमा परिवारसँग भेट्न नपाउँदाको पीडालाई स्वर दिएको छ । यो गीतले लाहुर गएको श्रीमान् र उसलाई कुरिरहेकी श्रीमतीको भाव र माया भनेको छ । दशैं तिहारमा घर जान नपाउने लाहरेहरुको कथालाई गीतमा सर्लक्कै टिपिएको छ ।

कमजोर आर्थिक अवस्थाका कारण लाहुर जान वाध्य नेपाली परिवारको आग्रह र घर फर्किने आफ्नै चाह हुँदाहुँदै पनि परिबन्धमा परेर चाडबाडमा घर आउन नपाउँदाको नपाएको यथार्थलाई गीतले फरक तरिकाले प्रस्तुत गरेको छ ।

सुशान्त गौतमको कोरस संगीत, अनिल शर्माको शब्द र उत्तम हुमागाँइको छायांकन रहेको प्रस्तेत म्युजिक भिडियोलाइ हरि हुमागाईंले निर्देशन गरेको छन । त्यस्तै भिडियोमा प्रकाश सपूत, रेश्मा घिमिरे, राजेन्द्र हुमागाईं, गोकुल हुमागाईं, सायना हुमागाईंलगायतको अभिनय रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु