बिहिबार, चैत्र १५, २०८०

डोजर आतंक विरुद्ध महानगर प्रमुख साहविरुद्ध प्रदर्शन

 काठमाडौं असोज १५ ,
काठमाडौं महानगर वडा न२५ बांगेमुढास्थित सामुदायिक भवनमा महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीयले शनिबार साँझ प्रदर्शन गरेका छन् ।

महानगरले वडा नम्बर २५ मा रहेको सामुदायिक भवन डोजर लगाएर भत्काएसंगै आन्दोलनमा उत्रिएका स्थानीयलेडोजर आतंक बन्द गर’ ‘नेवा विरोधी होसियार’ जस्ता नाराबाजी गर्दै प्रदर्शनकारीहरुले काठमाडौं महानगर प्रमुख वालेन्द्र साहको पुत्ला दहनसंगै महानगर वडा न २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् ।

प्रदर्शनपछि आयोजित कोणसभामा वोल्ने विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिले कानुनको वर्खिलाप सामुदायिक भवन डोजर लगाएर भत्काएकमा आक्रोश व्यक्त गरेका छन ।