बिहिबार, बैशाख १३, २०८१

ट्रक दुर्घटनामा एकको मृत्यु, ७ घाइते

काठमाडौं असोज १५ ,
कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना४ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना हुँदा एकको मृत्यु र सात जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सल्यानटार महोत्सवका लागि स्टलको सामान लिएर जाँदै गरेको ट्रक धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो भएको उक्त दुर्घटनामा मृत्युु भएका पुरुषको सनाखत हुन नसकेको जनाउँदै जिल्ला प्रहरी कार्यालय धादिङले घाइतेको उद्धारपछि धादिङ अस्पताल उपचार भइरहेको र पाँच जनाको अवस्था गम्भीर रहेको जनाएको छ।