मङ्लबार, चैत्र ६, २०८०

दसैंमा भारी वर्षा हुने विभागको प्रक्षेपण [बुलेटिन सहित]

काठमाडौं असोज १५ ,
जल तथा मौसम विज्ञान विभागले वर्ष २०७९ को दसैंमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले दसैं विशेष मनसुन बुलेटिन प्रकाशित गरी विभिन्न चार प्रदेशमा भारी वर्षातको सम्भावना औंल्याउँदै यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।

विभागले सार्वजनिक बुलेटिन मार्फत बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै क्रममा सिर्जना हुने मौसमी उतारचढावका कारण असोज १९ गते विजया दशमीदेखि २१ गते द्वादशीसम्म लुम्बिनी, गण्डकी, कर्णाली र सूदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावना रहेको जनाएको हो ।

त्यस्ते जारी बुलेटिनमा महानवमीका दिन देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका एकाधस्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना संगै विजया दशमीका दिन देशभर मेघगर्जन चट्याङ्गसहित हल्कादेखि वर्षाको संभावना रहेको जनाएको छ ।

साथै यसवीचमा हुने वर्षाका कारण पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन समेत अपिल गरेको छ ।