शनिबार, बैशाख ८, २०८१

सूर्यकोटमा सामुदायिक क्रियापुत्री भवनको शुभारम्भ

काठमाडौं असोज १५ ,
काठमाडौं महानगर वडा न ३२ मा नवनिर्मित सामुदायिक क्रियापुत्री भवनको औपचारिक शुभारम्भ गरेको छ ।

जेष्ठ नागरिक दिवसको अवसरमा सूर्यकोट समाज सुधार समितिको अगुवाइमा निर्माण गरिएको सामुदायिक क्रियापुत्री भवनको स्थानीय ९६ वर्षिया जेष्ठ नागरिक डिकुरा बुढाथोकीले शुभारम्भ गर्नुभएको हो ।

स्थानीय क्षेत्रमा मृत्यु संस्कारका लागि क्रियापुत्री भवन नहुँदा निकै सकस व्यहोर्नु परेको जनाउ सहित सूर्यकोट समाज सुधार समितिको पहलमा उक्त भवनको निर्माण गरिएको समितिका अध्यक्ष मनोज विक्रम शाहले जानकारी दिदै  भवनको प्रयोगका लागि  आर्थिक अवस्था कमजोर हुनेका लागि नि:शुल्कको व्यवस्था रहेको समेत बताउनुभयो ।

साथै उहाँले जेष्ठ नागरिक दिवसको अवसरमा बहुसख्यक जेष्ठ नागरिकको उपस्थितीमा ज्येष्ठनागरिककै वाहुलीबाट उद्घाटन गर्न पाउँनु आफैमा सुखद संयोग भएको बताउनुभयो। त्यसअवसरमा बडा दशैंँको शुभकामना समेत आदानप्रदान गरिएको थियो।