मङ्लबार, चैत्र ६, २०८०

आज दशैँको छैठौँ दिन : कात्यायनी माताको पूजा आराधना गरिँदै

काठमाडौं असोज १५ ,

आज वडा दशैँको छैठौँ दिन घटस्थापनाका दिन पूजा कोठामा स्थापना गरिएको नवदुर्गा भवानीमध्येकी छैठौंँ देवी कात्यायनीदेवीको पूजा आराधना गरी मनाइदै छ । आश्विन शुक्ल प्रतिपदादेखि नवरात्रीका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने क्रममा आज देवी कात्यायनीकोपूजा आराधना गरिएको हो ।

आजको दिन देवी कात्यायनीमाताको पूजा अर्चना सहित देवी दुर्गाको पूजा अर्चनागरे कात्यायिनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख दरिद्रजस्ता संकट नाश हुने धार्मिक विश्वाससंगै आध्यात्मिक शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ । त्यसअर्थमा उपत्यकाका शक्तिपीठ गुह्येश्वरी, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, दक्षिणकालीलगायत दुर्गादेवीका शक्तिपीठहरुमा भक्तजनको ठूलो भीड लाग्ने गरेको पाइन्छ ।