बुधबार, बैशाख १२, २०८१

काँग्रेस महामन्त्री थापाले भने -पार्टीभित्र आन्तरिक विद्रोहको अवस्था बन्दैछ

काठमाडौं असोज १४ ,
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शुक्रबार बिहान राजधानीको चाबहिलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीभित्र मौलाइदै आएको गतिविधीका कारण आन्तरिक विद्रोहको अवस्था सिर्जना हुँदै आएको बताउनुभएको छ ।

कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले सरकार जनताको स्वास्थ्योपचारमा उदासिन बनेको बताउँदै मुलुकमा बढ्दो डेंगी नियन्त्रणमा समेत सरकार असफल भएको भन्दै सरकारीको रवैयाको आलोचना सहित हिजोका दिन विपक्षी सरकार भएका बेलामा कोभिड नियन्त्रण गर्न नसकेको भन्दै आफूहरुले आलोचना गरेको तर अहिले त्यो पाठ नसिकी डेंगी नियन्त्रणमा आफ्नो सरकार हुँदा पनि केही काम गर्न नसकेको बताउनुभयो ।

महामन्त्री थापाले पार्टी भित्र न्यायीक सन्तुलनका लागि पार्टभित्र आन्तरिक संघर्षको आवश्यकता देखिन थालेको बताउँदै विभिन्न पार्टी परित्याग गरेको न्यूट्रल स्थानीय समेत गरि करिव २सय ५० जनालाइ पार्टी प्रवेश गराउनु भएको थियो ।