मङ्लबार, बैशाख ११, २०८१

असोज १९ मा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई बडादशैंको टीका लगाइदिने

काठमाडौं असोज १३ ,
राष्ट्रपति विद्यादेवी भण्डारीले असोज १९ गते बुधबार विजया दशमीका दिन बडादशैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने भएकी छिन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गनुृभएको विज्ञप्तिमा उच्च पदस्थदेखि सर्वसाधारण व्यक्तिलाई राष्ट्रपति भण्डारीले बडादशैंको टीका लगाइदिने कार्यक्रम तय भएको उल्लेख गरिएको छ ।

जारी विज्ञप्त्मिा विजया दशमीका दिन राष्ट्रपति भण्डारीले दिउँसो २ देखि ३ बजेसम्म सम्माननीय , माननीय मन्त्री , माननीय प्रदेश प्रमुख , माननीय न्यायाधीश , संघीय संसदका माननीय सदस्य संवैधानिक निकायका माननीय पदाधिकारी उच्च पदस्थ व्यक्तिहरुलाई र सोही दिन दिउँसो ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई बडादशैंको टीका लगाइदिने कार्यक्रम रहेको उल्लेख गर्दै टीका ग्रहण गर्ने जानेलाई मर्यादित पोशाक लगाउनु पर्ने र राष्ट्रपति कार्यालयको प्रवेशद्वार नम्बर १ बाट प्रवेश गर्न भनिएको छ ।