बिहिबार, बैशाख १३, २०८१

डेंगु संक्रमणको उच्च जोखिम : मूल्य वृद्धिको लागि सेटिङ्गमा सिटामोलको चरम अभाव

डेंगु संक्रमणको उच्च जोखिम : मूल्य वृद्धिको लागि सेटिङ्गमा सिटामोलको चरम अभाव

श्रीजन झा-

काठमाडौं असोज १३ ,
पछिल्लो समय  डेंगु संक्रमणको रफतार  बढ्दै गर्दा बजारमा सिटामोलको चरम अभाव देखिएको छ । अहिले राजधानी उपत्यकाका अधिकांश फार्मेसीमा सिटामोल पाइँदैन । सिटामोल किन्न आउनेलाई फार्मेसीले दुखाइ कम गर्ने वैकल्पिक औषधि दिएर पठाउने गरेका छन् । जसका कारण महँगो मूल्य तिर्नुपर्ने र चाहिनेभन्दा फरक औषधि सेवन गर्नुपर्ने बाध्यता  आम विरामीहरुले व्यहोर्नु परिरहेको  छ ।

 राजधानी र आसपासका  फार्मेसी सञ्चालकहरुको अनुसार गत महिना देपखनै  बजारमा   सिटामोलको  माग बढेसंगै आउन छाडेको बताउँदै  उत्पादकले थोक र थोक  व्यवसायीले  हामीले उपलब्ध गराएको  अवस्थामा  उपभोक्तालाइ सहज रुपमा  सिटामोल उपलब्ध गराउन सकिने बताउँदै आउनै छाडेपछि कसरी कहाँबाट दिनु भन्दै ती सञ्चालकले भने पछिल्लो समय बजारमा नेपाल औषधि लिमिटेड, निजी कम्पनी निको, भारतीय कम्पनीको मेडोमोल  सिमित मात्रामा आएपनि आएका यी औषधिले विरामीको माग धान्न नसकिएको बताए ।

त्यस्तै सरकारले स्वास्थ्य संस्थाहरूमा निःशुल्क वितरण गर्नुपर्ने औषधिको सूचीको दोस्रो नम्वरमा रहेको सिटामोलको मूल्य वृद्धिको लागि हुने गरेको चलखेलकाका कारण आत्मानिर्भर भनिएको यो औषधिको अभाव हुनु आफैमा आश्चर्यको विषय हो ।

यद्यपी यसवीचमा स्वास्थ्य मन्त्रालयले डेंगीको बढ्दो प्रकोप संगै बजारमा सिटामोल अभावको चर्चा चुलिएसंगै औषधि परामर्श समितिको बैठक वोलाउँदै गरेको छलफलमा औषधि परामर्श समितिको बैठकमा समितिका सदस्य सचिव समेत रहेको औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराइले व्यवसायीको मिलोमतोमा सिटामोल लगायतका अत्यावश्यक औषधिको मूल्य २०६४ यता समायोजन नभएको र सिटामोलको कच्चा पदार्थ महँगो भएका कारण प्रतिट्याब्लेट एक रुपैयाँ पर्ने सिटामोललाई ३ देखि ६ रुपैयाँसम्म र जीवनजल १० रुपैयाँबाट बढाएर २५ रुपैयाँ पुर्‍याउनुको विकल्प नभएको प्रस्ताव पेश गरेको स्रोतको दावी रहेको छ।

तर सिटामोलको मूल्य तत्काल बढाउँने पक्षमा स्वास्थ्य मन्त्रालयले सहमति नदिएसंगै सरोकारवाला सहितको परामर्स बैठकले मूल्य वृद्धिको प्रस्ताव कार्यान्वयन गर्न नसकेपछि बजारमा दिनानुदिन सिटामोलको अभाव हुने क्रम बढेको स्रोतले जनाएको छ । स्मरण रहोस, अहिले बजारमा सामान्यतया बजारमा वार्षिक ५ करोड चक्कीको माग हुने गरेको सिटामोल डेंगी संक्रमण बढेपछि थप बढेको अवस्था विद्यमान रहेको मौका छोप्दै सिटामोलको  मुल्य वृद्धिको वातावरणलाइ मलजल गर्दै आएको स्रोतको दावी रहेको छ।

ज्ञात रहोस, यसअघि कोभिडको तेस्रो भेरियन्टको जोखिम उच्च रहेको अवस्थामा पनि सिटामोलको कृतिम अभाव गर्दै सेटिङ्गमा मूल्य बढाउँने चलखेल भएपनि त्यसवेला मूल्य नबढेपछि औषधि सल्लाहकार समितिको ५३ औं बैठक मार्फत औषधि उद्योगीहरुको सेटिङ्गमा विभागको महानिर्देशक भरत भट्टराइले ५ सय मिलिग्रामको सिटामोलले उपचारको क्रममा काम नगरेको निष्कर्ष सहित सिटामोटलको पावर ५ सय मिलिग्रामबाट ६ सय ५० मिलिग्राम बनाउने प्रस्ताव स्वीकृत गराउँदै मूल्य बढाउँने घुमारो मार्ग अख्तियार गरेपछि नेपाली औषधि बजार मात्र नभइ सिङ्गो मुलुकनै तरङ्गित भएको थियो ।

हेर्दा सामान्य लाग्ने तर मावन स्वास्थ्यको लागि दुरगामी प्रभाव पार्ने सिटामोलको प्रयोगको विषयमा स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सकको सल्लाह विना खाएको खण्डमा यसले शरिरका अन्य अंगमा हानी गर्ने शाश्वत जानकारी दिदै गर्दा यसवीचमा केहि विज्ञ चिकित्सकहरुको सुझावको हवाला दिदै सल्लाहकार समितिको बैठकले सिटामोलको पावर बढाउने सवालमा गरेकोे निर्णय विवादास्पद भएकोे थियो ।

नेपाली औषधि बजारमा सरकारको तर्फबाट स्वास्थ्य संस्थामा निःशुल्क वितरण गर्ने अत्यावश्यक औषधिको सूचीको दोस्रो नम्बरमा रहेको सिटामोलको सरकारले २०६४ सालमा अधिकतम मूल्य तोक्दै प्रति ट्याब्लेटको मूल्य १ रुपैयाँ निर्धारण गरेको हो । यो औषधि नेपालमा सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड संगै निजी क्षेत्रका क्रमस नेसनल हेल्थ केयर, मारुती फर्मास्युटिकल्स, लोमस फर्मास्युटिकल्स, रोयल फर्मास्युटिकल्स आर्या फर्मा ल्याब, बायोगेन रेमिडिज, देउराली जनता फर्मास्युटिकल्स, एभरेस्ट फर्मास्युटिकल्सले उत्पादन गर्ने लाइसेन्स प्राप्त गरेका छन् ।

त्यस्तै जेनेटिका ल्याबोरेटरी, कस्तुरी फर्मास्युटिकल्स, लोमस फर्मास्युटिकल्स, नेपाल फर्मास्युटिकल ल्याब्रोटरी, निप्पोन फर्मास्युटिकल्स, नोभा जेनेटिका, फर्माको इन्डस्ट्रिज, रोयल फर्मास्युटिकल्स, सिद्धार्थ फर्मास्युटिकल्स, सीमका ल्याबरोटरिज, एसआर ड्रग ल्याबरोटरिज, सुप्रिम हेल्थ केयर, युनिक फर्मास्युटिकल्स, टाइम फर्मास्युटिकल्स लगायतका करिव २ दर्जन भन्दा बढी औषधि उद्योगले उत्पादनको अनुमति लिएको सिटामोल डेंगुको प्रकोप फैलिदै गर्दा चरम अभाव हुनु आफैमा सकारात्मक पक्ष किमार्थ मान्न सकिन्न ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031