बिहिबार, बैशाख १३, २०८१

दशैंमा घर जान उपत्यका छोड्नेको सङ्ख्या ह्वात्तै बढ्यो

दैनिक यात्रु ५० हजार यात्रुले उपत्यका छाड्दै

काठमाडौं असोज १०,
बडादशैंमा काठमाडौं उपत्यकाबाट आ–आफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि रहेको महानगरीय ट्राफिक कार्यालयले जनाएको छ।

यसअघिको वर्षमा कोभिड संक्रमणका कारण दशैंका बेला उपत्यकाबाट बाहिर जानेको सङ्ख्या न्यून रहेको अवस्थालाइ विश्लेषण गर्दै महानगरीय ट्राफिक कार्यालयले कोभिड कालअघिको समयको डेटाको आधारमा यस पटक दशैंमा उपत्यका छोड्नेको सख्या बढ्ने आंकलल गरेको हो ।

त्यस्ते महानगरीय ट्राफिक कार्यालयले यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी समन्वयमा दशैंमा घर जाने यात्रुलाई सहजीकरण गर्न गोंगबु, चाबहिल, कोटेश्वर, कलङ्कीलगायत उपत्यकाका १४ यात्रु सहायता कक्ष स्थापना गरेको छ भने सवारी चाप र भिडभाडका कारण हुनसक्ने चोरी र पाकेट मार नियन्त्रण, क्षमताभन्दा बढी चढाउने सवारी साधनलाई कारवाही गर्न सादा पोशाकमा पनि प्रहरी परिचालन गरिएको जनाएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031