शनिबार, बैशाख ८, २०८१

७७ मध्ये १४ जिल्लामा कोभिड सङ्क्रमित सङ्ख्या शून्य

काठमाडौ असोज १०,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जारी गरेको नियमित कोभिड बुलेटिनमा दुई हजार छ सय २४ परीक्षणमध्ये ५३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ । त्यस्तै मन्त्रालयले यसवीचमा ८४ जना कोभिड मुक्त भएको जानकारी सहित सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार एक सय ७८ जना रहेको जनाएको छ ।

साथै मन्त्रालयले पछिल्लो समय ५ सयभन्दा बढी सङ्क्रमित रहेको जिल्लामा काठमाडौँ रहेको जनाएकोछ भने १४ जिल्ला क्रमस ताप्लेजुङ, तेह्रथुम, सिन्धुली, मनाङ, मुस्ताङ, म्याग्दी, हुम्ला, डोल्पा, कालिकोट, रुकुम पश्चिम, जाजरकोट, दैलेख, मुगु र दार्चुलामा सङ्क्रमित सङ्ख्या शून्य रहेको जनाएको छ ।

यस्तै होम आइसोलेसनमा १ हजार एक सय ३०, संस्थागत आइसोलेसनमा ४८, सघन उपचार कक्षमा १० जनाको उपचार भइरहेको जानकारी समेत मन्त्रालयले दिएको छ ।