मङ्लबार, बैशाख ११, २०८१

६४ औं चिकित्सक लाइसेन्स परीक्षामा ८ सय ६३ जना उत्तीर्ण

काठमाडौं असोज ९,
नेपाल मेडिकल काउन्सिलको ६४ औं चिकित्सक लाइसेन्स परीक्षामा१ हजार १७६ जना अनुत्तीर्ण भएका छन् । काउन्सिलका रजिष्ट्रार डा।कृष्ण अधिकारीले बिहीबार, शुक्रबार र शनिवार सञ्चालित परीक्षामा २ हजार ६० जना सहभागी रहेको जानकारी दिदै सहभागीमध्ये ८ सय ६३ जना उत्तीर्ण भए भने २१ जना अनुपस्थित र १ हजार १७६ जना अनुत्तीर्ण भएको जानकारी दिनभएको हो ।

त्यस्तै एमबीबीएसतर्फको परीक्षामा १ हजार ७०५ जनाले लाइसेन्स का आवेदन दिएकोमा परीक्षमा सहभागी १ हजार ६८६ जनाले परीक्षा दिएको र यसमध्ये ७४० जना उत्तीर्ण र ९४६ जना अनुत्तीर्ण भएको जानकारी दिनुभयो ।

साथै डेन्टल बीडीएसतर्फ ३५५ जनाले आवेदन दिएकोमा २ जना अनुपस्थित रहेको र परीक्षामा सहभागी ३५३ जनामध्ये २३० जना अनुत्तीर्ण भएको उहाँले जानकारी दिनभएको छ ।

त्यस्तै सम्पन्न ६४औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा लाईसेन्स परीक्षाको क्रममा कुनै अप्रिय घटना नभएको समेत रजिष्ट्रार डा अधिकारीले जानकारी दिनुभएकोछ ।