बिहिबार, बैशाख १३, २०८१

सरकार र सत्याग्रहमा बस्नु भएका डा.केसीबीच फेरि अर्को सहमति

काठमाडौं असोज ८,
चिकित्सा शिक्षा सुधारका लागि पटकपटक सरकारसंग सहमति पछि पनि आफ्नो माग सम्बोधन नभएसंगै गत भाद्र २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रहमा बस्नु भएका डा गोविन्द केसी सरकारी वार्ता टोलीवीच आज अर्को सहमति  भएको छ।

प्राप्त जानकारी अनुसार पछिल्लो समय चिकित्सा शिक्षा सुधारका लागि आमरण अनसनमा बस्नु भएका डा केसीको स्वास्थ्य बिग्रदै गएपछि उहाँ बुधबार काठमाडौं आउनुभएको हो।

आज साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै  सरकारसंग भएको सहमति अनुरुप डा केसीले जारी आमरण अनसन तोड्ने तयारी भएको उहाँको सहयोगी समूहले जनाएको छ। यसवीचमा यी दुइ समूहवीच डा केसीले उठान गरेको माग सम्बोधन गर्ने सहमति बनेको बताइएकोछ ।

केसीका माग सम्बोधन गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव रोशन पोखरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सदस्य छन् भने डा केसीको समूहमा अधिवक्ता ओमप्रकाश अर्याल, डा लिजन महर्जन र प्रितम सुवेदी वार्ता टोलीको सदस्य रहेका    छन् ।

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031