शनिबार, बैशाख ८, २०८१

प्रविधि मार्फत ‘जनभावना सहितको सुझाव संकलन गर्दै काँग्रेस

 काठमाडौं असोज ८,
नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि सुझाव संकलन गर्न आम जनतामा सार्वजनिक अपिल गरेको छ। नेपाली कांग्रेस घोषणा पत्र तयारी समितिले यसपटक प्रविधि मार्फत ‘जनभावना सहितको सुझाव संकलन गर्ने तयारी गरेको हो ।

त्यस्तै नेपाली काग्रेसको घोषणा पत्र निर्माण क्रममा आन्तरिक छलफलदेखि ‘प्रत्यक्ष सार्वजनिक संवाद’ समेत अघि बढाएको जनाउ दिदै यस्तो बन्नुपर्छ कांग्रेसको घोषणा पत्र’ भनेर विविध धारणा राख्ने सबैको सुझाव लिने निर्णय अनुरुप घोषणा पत्र तयारी समितिले स्वदेश र विदेशमा रहनुहुने नेपाली काग्रेसका सदस्य, समर्थक, शुभेच्छुक र आलोचक एवं समस्त नेपाली दिदिबहिनी दाजुभाइ जो सुझाव दिन चाहनुहुन्छ उहाँहरुले प्रविधिको निम्न माध्यमबाट सुझाव पठाउन अपिल गरेको छ ।

कांग्रेस घोषणापत्र तयारी समितिले ह्वाट्स एप, भाइभर, इमो मार्फत सुझाव पठाउन मोबाइल नम्बर ९७४१६७३४१८ सार्वजनिक गरेको भने आफ्नो आवाज रेकर्ड गराएर सुझाव दिनका लागि ९८८०२२३३५५ वा डिजिटल फर्म मार्फत क्यूआरकोड मार्फत पनि सुझाव पठाउन सकिने कांग्रेसले जनाएको छ