शनिबार, बैशाख ८, २०८१

स्रोत नखुलेको ३९ लाख ५० हजार सहित भट्टराई पक्राउ

काठमाडौं भाद्र १८,

नेपाल प्रहरीको प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा।४ ख ९६७४ नम्बरको बसलाई जाँच गर्ने क्रममा २२ वर्षीय टिकाराम भट्टराईलाई कपक्राउ गरेको छ।

प्रहरीले बसमा सवार भट्टराईलाई चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३९ लाख ५० हजार ५ सय रुपैयाँ सहित पक्राउ गरेको जनाउँदै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।