बिहिबार, बैशाख २०, २०८१

गिरीको विचारको अनुसरण नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली : प्रधानमन्त्री

काठमाडौं भाद्र १६,

काँग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको १३ औँ दिनको पुण्य तिथिमा राजधानीमा आयोजित शोकसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीको निधनले सिङ्गो पार्टी पङ्क्ति र नेपालका लागि मात्र नभई विश्व समाजवादी आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताउनुभएको    छ । सम्बोधनको क्रममा प्रम देउवाले गिरीको विचार र उहाँका कृतिलाई अध्ययन र अनुसरण गर्न सकेका खण्डमा समाजवादी आन्दोलनलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै गिरीको निधनले कांग्रेस पार्टी, नेपाललाई मात्रै नभई विश्व समाजवादी आन्दोलनलाई समेत अपूरणीय क्षति पुगेको बताउनुभएकोछ ।

साथै उहाँले गिरीको विचारलाई अनुसरण गर्न सकेका खण्डमा उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गर्दै बिपी कोइरालापछि गिरी नै हो प्रजातान्त्रिक समाजवादप्रति गहिरो ज्ञान भएको व्यक्ति भएको बताउनुभएको छ ।

त्यस्तै शोक सभालाइ काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत, प्रकाशमान सिंह , कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँ लगायतले ले गिरीको निधनले पार्टी मात्र नभई देशलाई नै ठूलो क्षति पुगेको भन्दै गिरीको विचारलाई आत्मसात गरेर अघि बढेमात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने विचार व्यक्तगर्नुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031