मङ्लबार, बैशाख ११, २०८१

फनपार्कलाई २४ घण्टाभित्र राजस्व तिर्न महानगरको ‘अल्टिमेटम

काठमाडौं भाद्र १५ ,
काठमाडौं महानगरपालिकाले काठमाडौं फनपार्कलाई २४ घण्टाभित्र राजस्व तिर्न ‘अल्टिमेटम’ जारी गरेको छ । आज महानगरको राजश्व विभागका विभागीय प्रमुख डा शिवराज अधिकारीको हस्ताक्षरमा जारी सूचनामा व्यवसाय कर ,बहाल कर सम्बन्धित वडा समितिमा र विज्ञापन कर र मनोरञ्जनकर ववरमहलस्थित राज्श्व विभाग पत्र प्राप्त भएको २४ घण्टाभित्र बुझाउन निर्देशन दिइएको छ।

त्यस्तै जारी सूचनाको वर्खिलाप २४ घण्टाभित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर नतिरे सिलबन्दी गर्ने चेतावनी समेत दिइएकोछ ।