शुक्रबार, बैशाख १४, २०८१

देशभर दुई सय २६ जनामा कोभिड सङ्क्रमण

काठमाडौं भाद्र १३,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर दुई सय २६ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले आज जारी कोभिड बुलेटिन मार्फत कुल ४ हजार ११ जनामा गरिएको कोभिड नमुना परीक्षणमध्ये पिसीआर परीक्षणको क्रममा १४५ र एन्टिजेन परीक्षणको क्रममा ८१ जना गरि उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको जानकारी दिएको हो ।

त्यस्ते मन्त्तालयले यसवीचमा २ सय २३ जना संक्रमित उपचार पछि सङ्क्रमणमुक्त हुनुको अलावा कुल ३ हजार दुई सय ३५ सक्रिय सङ्क्रमित मध्ये आइसियुमा ४४ र भेन्टिलेटरमा ५ जनाको उपचार भइरहेको जानकारी दिएको छ। साथै काठमाडौं उपत्यकाको दुइ जिल्ला काठमाडौं र ललितपुरमा पाँच सयभन्दा बढी सङ्क्रमित रहेको जानकारी समेत मन्त्तालयले दिएको छ।