शुक्रबार, चैत्र १६, २०८०

प्रदेशसभा सदस्यको समानुपातिक तर्फ ७६ दलको आवेदन

आयोगले भाद्र ३१ गते अद्यावधिक मतदाता नामावली वेबसाइट मार्फत प्रकाशन गर्ने

काठमाडौं भाद्र १३,
निर्वाचन आयोगले आसन्न मंसिर ४ गते एकै चरणमा सम्पन्न हुने संघ र प्रदशसभा निर्वाचन अन्र्तगत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलले आवेदन दिएको जनाएको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न ७६ दलबाट ६८ निवेदन दर्ता भएको जानकारी दिनुभएको हो ।

आयोगका अनुसार प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीका लागि प्रदेश नं १ मा ६३ ,मधेस प्रदेशमा ६७, बागमती प्रदेशमा ६६ दल ,गण्डकी प्रदेशमा ६० , लुम्बिनी प्रदेशमा ६२ र कर्णाली प्रदेशमा ५७ दल र सुदूरपश्चिम प्रदेशमा ५८, दलले वेदन दर्ता गराएको जानकारी दिएको छ ।

यसैवीच आयोगले आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आयोगमा सङ्कलित मतदाता विवरण संकमतदाता नामावली वडास्तरमा अद्यावधिक कार्यक्रम शुरु भएको जनाएको छ।

त्यस्तै प्रस्तुत कार्यक्रम अन्र्तगत आयोगले मतदाता नामावलीमा त्रुटि भए सच्याउने, झुटा विवरण दिइ नाम लेखाइएको भए प्रक्रियागतरुपमा निवेदन दिइ हटाउने एकै व्यक्तिको एक वा सोभन्दा बढी स्थानबाट नामावली सङ्कलन भएको नाम हटाृने कामकारावही संगै झुटा विवरणको अनुसन्धान सहित नामावलीमा अद्यावधिक गरि कार्य सम्पन्न भाद्र २४ गते आयोगमा प्राप्त भएलगत्तै आयोगले भाद्र ३१ गते अद्यावधिक मतदाता नामावली स्वीकृत गरी आयोगको वेबसाइट मार्फत प्रकाशन गर्ने भएको छ ।