शनिबार, बैशाख ८, २०८१

महानगर प्रमुख साहलाइ सात दिनभित्र लिखित जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं भाद्र १३,
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले अवहेलनासम्बन्धी मुद्दामा काठमाडौ महानगरका प्रमुख बालेन्द्र साहलाई सात दिनभित्र लिखित जवाफ दिन आदेश दिएको छ ।

यसअघि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर निर्माण गरेका भनिएका संरचना हटाउन महानगरले चालेको कदमविरुद्ध परेको रिट निवेदनको प्रारम्भिक सुनवाइ गर्दै अस्पतालले निर्माण गरेका संरचना तत्काल नहटाउन अन्तरकालीन अन्तरिम आदेश जारी गरे यता महानगर प्रमुख साहले  महानगर प्रमुख साहले नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ । भन्दै दिएको अभिव्यक्तिले अदालतलको अवहेलना भएको भन्दै अधिवक्ता दीपकराज जोशीले साहविरुद्ध   अवहेलना मुद्दा दायर गरेको  हो ।

 अधिवक्ता  जोशीले दायर गर्नु भएको  मुद्धाको सुनवाइ गर्दै   न्यायाधीश कार्कीको इजलासले निवेदकको मागबमोजिम अवहेलनामा सजाय किन नहुनुपर्ने हो रु सोको आधार, कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु आदेश दिएको हो ।