शुक्रबार, बैशाख १४, २०८१

रोमानिया पठाईदिन्छु भनी १७ लाख ठगी गर्ने पुन माया पक्राउ

काठमाडौं भाद्र १३,
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोमानिया पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका ५ सल्लाघारी बस्ने २० वर्षीया पुन माया श्रेष्ठलाई पक्राउ गरेको छ ।

पक्राउ परेका अभियुक्तले वर्किङ भिषामा रोमानियाको फुड प्याकेजिङमा मासिक ७५ हजार रूपैयाँसम्म तलब पाउने गरी काममा लगाईदिन्छु प्रतिव्यक्ति ६ लाख रूपैयाँ लाग्छ भनि विश्वास दिलाई पीडितहरूबाट १७ लाख ७५ हजार रूपैयाँ रकम लिई सम्पर्क विहिन भएकी उनलाई काठमाडौ महानगरपालिका ३२ कोटेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

साथै पक्राय परेसंगै निज उपर आवश्यक अनुसन्धान र कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।