बिहिबार, बैशाख १३, २०८१

थप ३सय २४ मा कोभिड सङ्क्रमण पुष्टि, एक संक्रमितको मृत्यु

काठमाडौं भाद्र १०,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर पछिल्लो २४ घण्टामा थप ३ सय २४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ । ३ हजार पाँच सय १५ को कोभिड नमूना परीक्षणको क्रममा पिसिआर तर्फ १६३ र एन्टिजेन परीक्षणतर्फ १६१ जना गरि उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले यसवीचमा ४ सय १८ सङ्क्रमणमुक्त भएको र एकजना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ । त्यस्तै हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार नौ सय ४३ रहेको छ भने संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ । साथै आइसियुमा ५० र भेन्टिलेटरमा एक जना सङ्क्रमितको उपचार भइरहेको समेत मन्त्रालयले जानकारी दिएको छ।