शनिबार, बैशाख ८, २०८१

निष्पक्ष निर्वाचनको पर्याय कांग्रेसको नेतृत्वको सरकार: नेता सिंह

काठमाडौ भाद्र १०,
नेपाल महिला सङ्घका संस्थापन अध्यक्ष मङ्गलादेवी सिंहको २७औँ स्मृति दिवसको अवसरमा आज काठमाडौं महानगर वडा न. १५ शोभागवत्ति स्थित उहाँको अर्धकदको शालिकमा माल्यार्पण सहित स्व: सिंहको योगदानको सम्झना गरिएको छ ।

माल्यार्पण कार्यक्रमपछि सञ्चारकर्मीसंग प्रतिक्रिया व्यक्त गर्नेक्रममा काँग्रेस नेता एवम् स्व: सिंहका सुपुत्र प्रकाशमान सिंहले मुलुकमा भएको प्रत्येक निर्वाचन कांग्रेसको नेतृत्वमा हुँदै आएको स्मरण सहित आसन्न संघ र प्रदेशसभाको निर्वाचन पनि कांग्रेसकै नेतृत्वको सरकारले गर्न लागेको बताउनुभयो । त्यस्तै उहाँले कांग्रेसको नेतृत्वमा भएका र हुने कुनै पनि निर्वाचन निष्पक्ष हुने दावी समेत गर्नुभयो ।

साथै उहाँले मुलुकमा निर्वाचनमा होमिसकेको बताउँदै तत्कालीन ओली सरकारको अर्कमण्यताका कारण सिर्जित राजनीतिक दुर्घटनाको राप र ताप बाट मुलुकलाइ जोगाउँन कांग्रेस नेतृत्वमा वर्तमान सरकार गठन भएको जनाउ सहित नेता सिंहले मुलुकको पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा तमाम नेपाली जानकार रहेको भन्दै स्व:  मंगलादेवि सिहले सुरु गर्नु भएको अधिकार प्राप्तिको आन्दोलनको निरन्तरता स्वरुप अहिले सबै क्षेत्रमा ३३ प्रतिशत महिला सभागिता सुनिश्चितताको मार्ग प्रस्स्त भएको बताउनुभयो।